आजका तस्बिर- असार ३०
आजका तस्बिर- असार ३०
रोपाइँ गर्न खेत हिल्याउँदै ।  तनहुँको व्यास नगरपालिका–१४ छाब्दीस्थित खेतमा रोपाइँका लागि गोरूको सहायताले खेत हिल्याउँदै कृष। जिल्लाका कृषकलाई यतिबेला रोपाइँको चटारो छ। तस्बिरः कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- असार ३०
रोपाइँमा व्यस्त हुँदै रोपाहार ।  तनहुँको व्यास नगरपालिका-१४ छाब्दीस्थित रोपाइँमा व्यस्त हुँदै रोपाहार। जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ। तस्बिरः कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- असार ३०
जलमग्न सडकमा ज्येष्ठ नागरिक ।  शनिबार रातभरि परेकाे अविरल वर्षाका कारण जलमग्न भएकाे सुनसरीको इनरूवा-४ स्थित सडक पार गर्दै स्थानीय ज्येष्ठ नागरिक। वर्षाले हाेचाे भूभाग डुबानमा परेको छ भने अग्ला जमिनमा धान राेपाइँ गर्न सहज भएको छ।तस्बिर : नवीन गड्तौला/ रासस
आजका तस्बिर- असार ३०
चरिचरन क्षेत्रमा भेँडा ।  जाजरकोटको बारेकोट गाउँपालिका-१ बयालबाट चरिचरनका लागि ध्यल्या पाटनमा ल्याइएको भेँडा। वर्षायाम सुरू भएसँगै चरिचरन क्षेत्र पाटनमा पशुचौपाया ल्याउने गरिन्छ। तस्बिरः हेमन्त केसी/ रासस
आजका तस्बिर- असार ३०
वन लसुन संकलनका गर्न जाँदै ।  जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित कराइचुला हिमालमा वन लसुन संकलनका लागि जाँदै गरेका बारेकोटका स्थानीयबासी। वन लसुन प्रतिकेजी ३५ हजार रुपैयाँमा बिक्री हुने गर्छ। तस्बिरः हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्