आजका तस्बिर: असार २८
आजका तस्बिर: असार २८
उद्धार गर्दै नेपाली सेना ।  चितवनको महानगरपालिका–२९ नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको र काठमाडौंबाट गौरतर्फ गइरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी तथा स्थानीय उद्धार कार्यमा खटिँदै। तस्बिर: नेपाली सेना
आजका तस्बिर: असार २८
खुमलटारमा स्वागत गर्दै स्थानीय ।  प्रतिनिधिसभामा अविश्वासको मत प्राएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार ललितपुरस्थित निजी निवास खुमलटारमा स्वागत गर्दै स्थानीय तथा कार्यकर्ता। तस्बिरः प्रदीपराज वन्त
आजका तस्बिर: असार २८
गर्ने हैन त रोपाइँ! ।  तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा रोपाइँका लागि तयार गरिएको खेत। जिल्लाका कृषक यतिबेला धमाधम रोपाइँमा व्यस्त छन्। तस्बिरः कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर: असार २८
सिमलतालको पहिरो र यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी ।  नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरो र पहिरोमा परेका यात्रु खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी। पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको दुइटा बस अझै फेला परेको छैन। तस्बिरः कृष्ण आचार्य/ रासस
आजका तस्बिर: असार २८
लेकमा भेडा ।  जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित पाटन क्षेत्रमा भेडा पालनका लागि पुगेका गाेठालाहरू बास बस्नका लागि ढुंगाको सहारामा त्रिपाल बिछ्याउँदै। हिउँदयाममा गाउँमा र वर्षायाममा हिमालमा भेडा लिएर चरिचरण गराइन्छ। तस्बिर: हेमन्त केसी/ रासस
प्रतिक्रिया दिनुहोस्