आजका तस्बिर- असार २७
आजका तस्बिर- असार २७
असारे झरीले रूझेको काठमाडौं ।  काठमाडौं उपत्यकासहित देशभर नै बिहीबार वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहीबार बिहानसम्म ६.६ मिलिमिटर वर्षा मापन गरिएको छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- असार २७
पुनर्निर्माण गरिँदै भद्रकाली मन्दिर परिसरका संरचना ।  काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरको संरचना पुनर्निर्माण सुरू गरेको छ। बिहीबार दक्षिण पश्चिम भागमा महानगरकी उपमेयर सुनिता डंगोलले शिलान्यास गर्दै पुनर्निर्माण थालनी गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार २७
एक साता नबित्दै बिग्रियो काठमाडौं महानगरले गरेको पिच ।  काठमाडौं महानगरपालिकाले पिच गरेको सडक एक साता नबित्दै बिग्रिएको छ। महानगरको सार्वजनिक निर्माण विभागका सब- इञ्जिनियर एवं साइट इञ्जिनियर विवेक खनालका अनुसार अविरल पानीले गर्दा पिचमा क्षति पुगेको हो। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- असार २७
स्व दाहालप्रति श्रद्धाञ्जली अर्पण ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनकी जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवस कार्यक्रममा स्व दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै। तस्बिरः प्रदीपराज वन्त/रासस
आजका तस्बिर- असार २७
डुबानमा पुलको निर्माणाधीन संरचना ।  वर्षाका कारण सेती नदीमा आएको बाढीले डुबानमा परेको तनहुँको व्यास नगरपालिका–३ र ऋषिङ गाउँपालिका–१ जोड्ने पुलको निर्माणाधीन संरचना। तस्बिर:कृष्ण न्यौपाने / रासस
प्रतिक्रिया दिनुहोस्