आजका तस्बिर- असार २६
आजका तस्बिर- असार २६
पार्किङले भरिएको न्यूरोडका गल्ली ।  न्यूरोडको मुख्य सडक आसपासबाट पार्किङ हटाएपछि भित्री गल्लीहरू दुई पाङ्ग्रे सवारी साधनहरूले भरिएका छन्। बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मरूहिती लगायतका क्षेत्रका भित्री गल्लीहरू पार्किङले भरिन थालेका हुन्। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- असार २६
वर्षातमा उर्लेको नदी ।  मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित मादी, सेती र त्रिशुलीनदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली। तस्बिर: मिला दरै/रासस
आजका तस्बिर- असार २६
हिलाम्मे राजमार्गमा कष्टपूर्ण यात्रा ।  अरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दै । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई वर्षदेखि यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन्। गत चैतमा निर्माण एवं स्तरोन्नतिको समयावधि सकिए पनि म्याद थपेर निर्माण गर्ने सम्झौता गरिएको थियो। तस्बिर: राजकुमार पराजुली/रासस
आजका तस्बिर- असार २६
धानको बीउ ।  दाङको घोराही उपमहानगरपालिका-६ स्थित गुरगैका स्थानीय किसान रोपाइँ गर्ने धानको बीउ बोकेर एउटा खेतबाट अर्को खेतमा लैजाँदै। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असार २६
स्याखु बोकेर रोपाइँ गर्न जाँदै ।  दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु महिला 'स्याखु' बोकेर रोपाइँ गर्न जाँदै। स्थानीय थारु समुदायले पानी पर्दा छाताको रूपमा स्याखु ओढ्ने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असार २६
ओली प्रधानमन्त्री हुने भएपछि एमाले कार्यालयमा चहलपहल ।  ललितपुरस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा कार्यकर्ताको चहलपहल हुन थालेको छ। अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्न लागेपछि कार्यालयमा कार्यकर्ताको उपस्थिति देखिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्