आजका तस्बिर: असार २३
आजका तस्बिर: असार २३
जगन्नाथ रथयात्रा ।  काठमाडौंमा इस्कोनले आयोजना गरेको ३९ औं जगन्नाथ रथयात्रामा सहभागी किशोरीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: असार २३
पारालम्पिक खेलाडी ।  फ्रान्सको पेरिसमा हुने पारालम्पिक खेल्न तेक्वान्डो अभ्यास गर्दै भरतसिंह महरा र पलेशा गोवर्धन। तस्बिर: स्कन्द गौतम/ नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर: असार २३
जलमग्न ।  लगातार दुई दिनको वर्षाका कारण जलमग्न भएको सुर्खेतको तल्लो भाग। वर्षा नरोकिएको कारण सुर्खेतको तल्लोभाग डुबानको जोखिममा रहेको छ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर: असार २३
कोसी ब्यारेज ।  अविरल वर्षापछि आइतबार बहाव उच्च भएको सप्तकोसी नदी तथा पृष्ठभूमिमा कोसी ब्यारेज। आइतबार दिउँसो सप्तकोसी नदीको बहाव तीन लाख ८६ हजार ७३५ क्युसेक पुगेको छ भने ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ। तस्बिरः नवीन गड्तौला/रासस
आजका तस्बिर: असार २३
ट्याक्सीमाथि खसेको रूख ।  काठमाडौंको चाबहिलमा गएराति आएको हावाहुरीपछि ट्याक्सीमाथि खसेको रूख। मध्यरात सम्म खटिएर नेपाल प्रहरीको विपद‍् व्यवस्थापन टोलीले रूख काटेर सडक खुलाएको थियो। तस्बिर: प्रहरी
प्रतिक्रिया दिनुहोस्