आजका तस्बिर- असार २०
आजका तस्बिर- असार २०
त्रिवि शिक्षण अस्पताल परिसरमा जमेको पानी ।  आज दिउँसो परेको पानीले जलमग्न भएको काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसर। तस्बिरः बुनु थारू/रासस
आजका तस्बिर- असार २०
मोटरसाइकलमा सामान बोक्दै ।  लमजुङको सुन्दर बजारमा मोटरसाइकलमा क्षमताभन्दा बढी सामान बोकेर यात्रा गरिरहेका एक मोटरसाइकल चालक। तस्बिरः बिराट न्यौपाने/रासस
आजका तस्बिर- असार २०
विपद् उद्धार नमुना अभ्यास ।  चितवनको इच्छाकामना–३ कुरिनघाटस्थित त्रिशूली नदीमा सशस्त्र प्रहरी बलका गोताखोरको विपद् उद्धार नमूना अभ्यास। बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको उपस्थितिमा भएको तालिमको समापनमा बिहीबार नमुना अभ्यास प्रस्तुत गरिएको हो। तस्बिरः हीरालाल गुरूङ/रासस
आजका तस्बिर- असार २०
कृषिमा आधुनिक प्रविधिको प्रयोग ।  गुल्मीमा मिनिटिलरको सहायताले खेत जोत्दै कृषक। जिल्लामा पछिल्लो समय गाउँमा गोरू पाल्न छाडेपछि खेतबारी जोत्नका लागि कृषकले आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन्। आधुनिक प्रविधिबाट खेती गर्दा छिटो छरितो हुनुका साथै जनशक्ति कम लाग्ने उनी बताउँछन्। तस्बिर: जनार्दन घिमिरे/रासस
आजका तस्बिर- असार २०
घासका बिरूवा वितरण गरिँदै ।  भू–तथा जलाधार व्यवस्थापन कार्यालय म्याग्दीको बेनीस्थित नर्सरीमा उत्पादन भएको घाँसको बिरूवा कृषकलाई वितरण गरिँदै। कृषकलाई घाँस आपूर्तिमा सहज बनाउने, पशुपालनको लागत घटाउने र भू–क्षय न्यूनीकरण गर्ने उद्देश्यले कार्यालय मातहतका चार वटा नर्सरीमा यस वर्ष ६७ हजार घाँसका बिरूवा उत्पादन गरेर वितरण थालिएको छ। तस्बिरः सन्तोष गौतम/ रासस
प्रतिक्रिया दिनुहोस्