आजका तस्बिर- असार १३
आजका तस्बिर- असार १३
स्यार्पु ताल ।  रूकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका-३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल। स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल मानिन्छ। तस्बिरः सुरेश आचार्य/ रासस
आजका तस्बिर- असार १३
धान खेतमा राखिएको बुख्याचा ।  दाङको घोराही उपमहानगरपालिका-१७ स्थित भैसाहिका स्थानीय किसानले धानको ब्याडमा चरालाई तर्साउन राखेका मानव आकृतिको बुख्याचा। तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- असार १३
मकै केलाउँदै ।  चितवनको मंगलपुरमा मकै केलाउँदै गरेको एक किसान। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार १३
रेट्रोफिटिङ गरिँदै घन्टाघर ।  २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको घन्टाघरको पुनर्निर्माण गरिँदै। यहाँ रेट्रोफिटिङको काम भइरहेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार १३
र्‍याची र भौलिगाडको काठेपुल ।  शे-फोक्सुण्डो गाउँपालिका–८ स्थित र्‍याची र भौलिगाडको बीचमा आवतजावत गर्नका लागि निर्माण गरिएको काठेपुल। यही पुलको सहयोगमा यहाँका स्थानीयवासी आवतजावत गरिरहेका छन्। तस्बिर: हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्