पोखरीबाट माछा निकाल्दै किसान । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान पोखरीमा पालन गरिएको माछा बिक्रीका लागि बजार लैजान निकाल्दै। स्थानीय किसानले ग्रास, रोहु, नैनी, भाकुर लगायतका माछा पोखरीमा पालन गरी राम्रो आम्दानी गर्दै आएका छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
विश्व वातावरण दिवसमा पदयात्रा । विश्व वातावरण दिवसका अवसरमा साथसाथै संस्थाले भद्रकालीबाट बसन्तपुरसम्मका लागि आज बिहान सुरू गरेको पदयात्रामा सहभागी उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू। तस्बिरः हरिराम भेटुवाल/रासस
सूर्यमुुखी फूलखेती । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा भारतबाट बीउ ल्याएर गरिएको सूर्यमुखी फूलखेती । म्याग्दीको रत्नेचौरमा ६ घरधुरीले व्यावसायिक रूपमा सूर्यमुखी खेती गरेका छन्। तस्बिरः ध्रुवसागर शर्मा/रासस
राष्ट्रपति पौडेल–वृक्षरोपण । राष्ट्रपति रामचन्द्र पौडेल विश्व वातावरण दिवसका अवसरमा बुधबार राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै। तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय/रासस
हिमालमा सङ्कलित फोहोर । नेपाली सेनाको अगुवाइमा सञ्चालित 'सफा हिमाल अभियान २०२४' का क्रममा सङ्कलित फोहर। अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलो फोहोर तथा चार वटा मानव शव र एक मानव अस्थिपञ्जर सङ्कलन गरिएको थियो । गत वर्ष चैत २९ गतेबाट सुरु भएको अभियान आज बुधबार समापन भएको छ । तस्बिर सौजन्य : नेपाली सेना / रासस