थापाथली क्याम्पसमा प्रदर्शन । काठमाडौंको थापाथली क्याम्पस स्ववियुले सरकार गैरजिम्मेवार भएको भन्दै प्रदर्शन गरेको छ। क्याम्पसअगाडि स्ववियुले शुक्रबार प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
महानगरले हटाउन थाल्यो सामाखुशीमा साजन बगेको खोलामाथि राखिएका स्ल्याब । काठमाडौं महानगरपालिकाले सामाखुशी खोलाको स्ल्याब उप्काएको छ। काठमाडौं महानगरपालिका-३ भएर बहने सामाखुशी खोलामाथिको स्ल्याब हटाइएको हो। तस्बिर: विष्णु विश्वकर्मा
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन भएको छ। संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई संशोधित गर्न बनेको विधेयक संसदमा विचाराधीन छ। यो विधेयकका कतिपय । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन भएको छ। संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई संशोधित गर्न बनेको विधेयक संसदमा विचाराधीन छ। यो विधेयकका कतिपय प्रावधान सच्याउनुपर्ने माग उठेको हो।
सामुदायिक ‘होमस्टे’ मा जीन बैंक । बाँकेको बैजनाथ गाउँपालिका-१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा निर्माण गरिएको गाभर भ्याली सामुदायिक जिन बैंक। कृषि आनुवंशिक स्रोतहरू दिन प्रतिदिन लोप हुने खतरा बढेकाले बाली, घाँसेबाली, जलीय, किरा, पशुपंक्षी र शुष्म जिवाणु आनुवंशिक स्रोतको पहिचान यसको संरक्षणका लागि उक्त जिन बैंकको स्थापना गरिएको हो। तस्बिर: रुपनी जिएम/रासस
धानखेतमा विषादी छर्दै । दाङको घोराही उपमहानगरपालिका-१६ खिरट्टेकी स्थानीय महिला धान खेतमा किटनाशक विषादी छर्दै। तस्बिर: कुलदीप न्यौपाने/रासस