मानुङकोट । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोट। यहाँ चिसो मौसममा कुहिरो र सूर्योदय हेर्न पर्यटकको भीड लाग्ने गर्दछ। गर्मी महिनामा भने पर्यटकको चहलपहल केही घटेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
अस्थायी शौचालय । माइतीघरमा धर्ना बस्नेका लागि महानगरले सडकमा बनाएको अस्थायी शौचालय। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सहकारी पीडित । बिहीबार बिजुलीबजारमा बच्चा बोकेर प्रदर्शनमा सहभागी भएकी सहकारी पीडितलाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट्रिय झण्डा र धरहरा । नेपालको झण्डा र पृष्ठभूमिमा देखिएको धरहरा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कुइने पोखरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५, लोदेन क्षेत्रमा अवस्थित कुइने पोखरी। तस्बिर : दिलकुमार लिम्बू/रासस