आजका तस्बिर: साउन १५
आजका तस्बिर: साउन १५
बाटो बन्द ।  काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउन लागेको खबर पाएपछि कार्यकर्ताले तेर्साएको गाडी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: साउन १५
स्याँखु बोकेर काममा जाँदै महिला कामदार ।  दाङको घोराही उपमहानगरपालिका-१४ झिङौरा गाउँका स्थानीय थारु महिला वर्षातको जोहो स्याँखु बोकेर काममा जाँदै। तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर: साउन १५
बुद्ध पार्क ।  गोरखाको पर्यटकीय गाउँ बारपाकमा रहेको बुद्ध पार्क। तस्बिर: दीपक श्रेष्ठ/रासस
आजका तस्बिर: साउन १५
कमल दह ।  रुकुम(पूर्व) को सिस्ने गाउँपालिका स्थित नेपालको नक्सा आकारमा रहेको कमल दह। यो दह सिस्ने गाउँपालिका-५ मा पर्दछ। दहमा कमल फुलेसँगै आन्तरिक पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ। तस्बिर: सर्जना काकी/रासस
आजका तस्बिर: साउन १५
जुध्दै गरेका याक ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पाँचपङ्गाले क्षेत्रमा रहेको गोठमा जुध्दै गरेका याक। हिमाली क्षेत्रका किसानले घ्यु, छुर्पीका लागि याक पालन गर्दै आएका छन्। तस्बिर: दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्