आजका तस्बिर- साउन १२
आजका तस्बिर- साउन १२
विरोध ।  काठमाडौंको इतुम्बहा:स्थित केशचन्द्र महाविहारमा खुल्न लागेको संग्रहालयलाई लिएर सम्पदा संरक्षण अभियन्ता तथा स्थानीयहरूले विरोध गरेका छन्। यहाँ अमेरिकास्थित रूबिन म्युजियमको सहभागितामा संग्रहालय खुल्न लागेपछि अभियन्ता तथा स्थानीयहरूले शुक्रबार इन्द्रचोकमा उभिएर विरोध गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- साउन १२
भेँडाको मही पार्दै किसान ।  समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेनखर्कमा भेँडाको दूध जमाएर मही पार्दै किसान। अहिले गर्मी छल्न भेंडा हिमाली क्षेत्रमा पुगेका छन्। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- साउन १२
याकको दूध दुहुदै ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा याकको दूध दुहुदै महिला । याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन् । तस्बिरः दिलकुमार लिम्बू÷रासस
आजका तस्बिर- साउन १२
सुन पोखरी ।  समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी। चीनदेखि आएको एक जना लामाले यस पोखोरीमा सुनको हाँस रहेको देखेपछि हाँस निकाल्न पोखरीमा पस्दा पोखरीमै लामा हराएको किंवदन्ती कथा रहेको स्थानीयवासी बताउँछन्। त्यसै समयदेखि यो पोखरीको नाम सुन पोखरी रहन गएको उनीहरूको भनाइ छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- साउन १२
चरन क्षेत्र जाँदै याक ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा रहेको गोठबाट चरन क्षेत्र तिर जाँदै गरेका याकहरू। विशेष गरी घ्यु, छुर्पीका लागि किसानले याक पालन गर्ने गर्दछन्। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- साउन १२
राष्ट्रपति पौडेल-अवलोकन ।  राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार ललितपुरको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार क्षेत्रको अवलोकन गर्दै। तस्बिर सौजन्य : राष्ट्रपतिको सचिवालय
प्रतिक्रिया दिनुहोस्