मुसीगाउँ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित २५ घर भएको मुसीगाउँ । यहाँबाट चीनको सीमाना नाक्छु गाउँ पुग्नका लागि करिब १ घण्टा हिँड्नु पर्दछ। यो स्थानमा वर्षमा एक बाली मात्र अन्न पाक्ने गर्दछ। तस्बिर: हेमन्त केसी/रासस
महाकालीमा पक्की पुल । कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुल । तस्बिरः शेरबहादुर सिंह / रासस
जलमग्न मलङ्गवा । बुधबार भएको भारी वर्षाका कारण जलमग्न सर्लाहीको सदरमुकाम मलङ्गवा । तस्बिरः विश्वनाथ ठाकुर/ रासस
सदन अवरोध गर्दै एमालेका सांसद । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो स्थानबाट उठेर सदन अवरोध गर्दै नेकपा (एमाले)का सांसदहरू। तस्बिर: निशा भण्डारी/सेतोपाटी