स्वयम्भु परिसरबाट देखिएको दृश्य । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर। सो परिसरबाट देखिएको काठमाडौं उपत्यकाको बाक्लो बस्ती साथै भूकम्पपछि निर्माण गरिएको नयाँ धरहरा। तस्बिर: रत्न श्रेष्ठ/रासस
स्वयम्भू स्तुपाको गजुर जीर्णोद्धार । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर। करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ। यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो लाग्ने गरिन्छ। यहाँबाट काठमाडौं उपत्यकाको बाक्लो बस्तीको अवलोनका लागि पनि भीड हुने गरिन्छ। तस्बिर: रत्न श्रेष्ठ/रासस
ड्रागन बोट रेस फेस्टिभल’का अभ्यास गरिँद । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि बिहीबार बिहान फेवातालमा अभ्यास गरिँदै। दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। तस्बिर: कृष्ण दवाडी/रासस
पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै । संखुवासभाको हेवाखोलामा यही असार २ गते आएको बाढीले साँघु र पुल बगाएपछि खोलाबाटै जोखिम मोलेर पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै। तस्बिर: सुजन बज्राचार्य/रासस
सेपुखोला गाउँ । जाजरकोटको बारेकोट–८ स्थित सेपुखोला गाउँ। तस्बिरः हेमन्त केसी/रासस