तुलसीपुर – घोराही सडक खण्ड बन्द । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मध्याह्न १२ बजेतिर खाना खान उपकुलपतिको निवासतर्फ लाग्दा तुलसीपुर–घोराही सडक खण्ड दश मिनेट बन्द नै गरिएको थियो। जसले गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको थियो। तस्बिर: नारायण खड्का
बुरालमष्ट मन्दिर । रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिका-५ दुदिलचौरमा निर्माणाधीन बुरालमष्टको मन्दिर। यो मन्दिर जिल्लाको प्रसिद्ध धार्मिकस्थल मध्य एक हो। तस्बिरः परिचन्द्र खत्री/रासस