बिदाई । चार दिने भारत भ्रमण सकेसँगै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतलाई बिदाई गर्दै भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखी। तस्बिर: प्रदिपराज वन्त/ प्रधानमन्त्री सचिवालय
अन्नपूर्ण हिमशृङ्खला । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित पर्यटकीय गाउँ घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमशृङ्खलाको रात्रिकालीन दृश्य। तस्बिरः रामबहादुर थापा/रासस
सिस्ने हिमाल । रूकुम पूर्व सिस्ने गाउँपालिका–१ स्थित सिस्ने ठूलो गाँउबाट देखिएको सिस्ने हिमाल। धौलागिरि हिमशृङ्खलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ९११ मिटर अग्लो छ। तस्बिर: कुलदीप न्यौपाने (रासस)
हामी पनि खिचौं न! । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को स्वागतमा त्रिभुवन विमानस्थल पुगेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले फोटो पत्रकारहरूको तस्बिर खिच्दै। तस्बिर: निशा भण्डारी
सूर्यास्तको दृष्य । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर- २८ स्थित गोलाघाटमा शनिबार साँझ देखिएको सूर्यास्तको दृष्य। तस्बिर : नारायण अधिकारी / रासस