बाहुनवादको जन्म र विकास
'बाहुनवाद' प्रचीनकालदेखि आजसम्म उत्तिकै प्रभाव राख्न सक्ने एक प्रवृत्ती हो। बाहुनवादको पहिचान र संगठित विरोध प्रचिनकालमा इ.पू. ६०० तिर गौतम बुद्धले उत्तर भारतको समाजमा गरेका थिए भने आधुनिककालमा सन् १९३० तिर दक्षिण भारतमा अम्वेडकरले गरे। नेपालमा भने २०६३ सालबाट अझ व्यवस्थित र सशक्त रुपमा भएको छ ।
व्यवस्थापिका ससंदको पुन:स्थापना सँगै जातीय राज्य, धर्म निरपेक्षता, र जातीय उत्पीडनबाट उन्मुक्तिका पक्षमा जोडदार आवाज निस्कन थाले। उनीहरुको जिकीर थियो कि धर्मको आडमा बाहुन–क्षत्री गठवन्धनले राज्यसत्ता कव्जा गरेर अरु जात, धर्म, भाषीलाई शोषण गर्यो।
नेपाल एकीकरणसँगै अरु जातहरु राज्यसत्ताको केन्द्रबाट धकेलिए र बाहुन–क्षत्रीको वर्चस्व भयो। राज्यले बाहुन–क्षत्रीलाई ठूलो मान्ने हिन्दु धर्मलाई संरक्षण गर्यो र नमान्ने अरु धर्मलाई दमन गर्यो।
बाहुन–क्षत्रीको सत्ता र हिन्दु धर्मले लौकिक-अलौकिक जालझेल गरी आफ्नै समाज भित्रका केहि सदस्यलाई शुद्र वा दलित भन्दै अमानवीय व्यवहार गर्यो।
यस शोषणलाई सनातन धर्म, देव वाक्य, र धर्मशाष्त्रको विधान भन्दै वैधता दिन तर्क प्रयोग गर्ने काम गरेको तथा चतुरवर्णको सामाजिक सोपानमा आफूलाई सबैभन्दा माथि राखेको देखेर यो विधिको मुख्य शुत्रधार बाहुनलाई ठहर्याउँदै ‘वाहुनवाद’ भनियो।
आजभन्दा २६ सय वर्षअघि क्षत्रीय राजकूलमा जन्मिएका र सन्यासी तथा बुद्ध भईसकेका उनले उत्तर भारतमा अत्याधिक प्रचलनमा रहेको कर्मकाण्ड- ग्रहदशा काट्ने, हवन गर्ने, पशुवली दिएर वर माग्ने, आदि देखे।
त्यस्तै, पुरोहितहरु महापातकीहरुलाई "जति ठूलो पाप उती ठूलो दक्षिणा" को शर्तमास्वर्ग पठाउन कवोल गरेको पनि देखे। यसको विरोध गर्दै बुद्धले भने–"बाहुनहरु हुँदै नभएको स्वर्ग र नर्कको कुरा गरेर मान्छेलाई सुख र दु:खको वेपार गर्ने धुर्त हुन्। ठगी गर्न कै लागि चतुरवर्णलाई वैधानिक बनाउने वेदको पुरुष-शुक्तलेखेका हुन्; त्यसो भए “के वाहुनीहरु मुखबाट बच्चा जन्माउँछन्?” ब्रम्हाको मुखेछोरोले गरेको यस्तो छलछामको पोकोलाई बुद्धले ‘ब्रम्हजाल’ भनेर आरोप लगाए।
बुद्ध भन्दथे- "कसैको राम्रो वा नराम्रो कर्मलाई अर्को व्यक्तिले परिवर्तन गराउन किमार्थ सक्दैन। पाप पखालिँदैन, मान्छेको प्रत्येक कर्मको फल उसलाई प्राप्त हुन्छ", त्यसैले असल कुरा मात्र सोचौं, बोलौं र गरौं। उनले यस कुरालाई ‘सामन्यफल’ भने। जसलाई पछि कर्म सिद्धान्त भनियो।
बुद्धको पराभौतिक र नैतिक सिद्धान्तको मुकाविला गर्ने क्रममा: उपनिषद्र अरण्यक लेखिए। आश्रम धर्म व्यवस्थित भयो। कम्तिमा पनि लिच्छवीहरूले वा मिथिलाको सम्पर्कले बौद्ध तथा वैदिक धर्म दर्शन काठमाण्डौंमा भित्रिए। मल्लकालमा हिन्दु धर्मले राज्यको संरक्षण पायो। त्यसकै आधारमा चौधौं शताव्दिमा जयस्थिति मल्लले जात-व्यवस्था बाँधे। त्यही व्यवस्था भित्र प्रताप मल्लले बलत्कार गर्दा केटी मरे पछि त्यो पाप पखाल्न वाहुनको सहयोग लिएका थिए।
जंगवहादुरले मुलुकी ऐन मार्फत जात, धर्म र वर्ण व्यवस्थालाई दण्डमुलक बनाएर १०४ बर्ष चलाए। त्यही व्यवस्थामा धीरका छोराहरुले वाहुनलाई तीनधारपाकशालामा खाना खुवाएर गोत्रहत्याको पाप पखाल्दथे। यति बेला सम्म नेपाली समाजमा वाहुनवादको विकास यति धेरे भइसकेको थियो कि वाहुनहरु बोलेरै वा दान लिई दिएरै जस्तोसुकै पाप पनि पखाल्न सक्दथे।
राज्य सत्ताको पहूँच नपाउने माग्छेको तुलनामा पाउने वाहुन त थोरै थिए तैपनि तिनीहरुको प्रवृत्ति सामाजिक संस्कार कसरी बन्यो? वाहुनप्रवृत्तिःडार्विनले भने झैं 'सक्षम नै बाँच्न सक्ने' हुँदै अघि बढ्यो। मेण्डलले भने झैं 'प्राप्ति र हस्तान्तरण' भयो। कार्ल माक्र्सले भनेजस्तो समाजको शक्ति सम्बन्धले गर्दार लेभ भिगोत्स्कीले भने झैं सामाजिक अन्तकृयाबाट चेतना वन्यो। यसरी समाजको सोपानमा उच्च स्तरमा पुग्ने व्यक्ति वा प्रवृत्ति समाजिक रोल मोडेल भयो।
अल्वर्ट वाण्डुराको भने झैं समाजको सोपानमा तल रहेका व्यक्तिले समाजको गन्ने–मान्नेलाई आदर्श मानेर उसैको व्यवहारको नक्कल गर्न थाले। नक्कल पनिपछि चेतना बन्यो। यसरी वाहुनवादसमग्र समाजको मुल प्रवृति भएर संस्थागत भयो।
ब्राह्मण वर्ण र बाहुनवाद
ऋगवेदको दशौं मण्डलाको पुरुष शुक्त इ.पू. १००० तिर रचियो। जसमा ब्राह्माको आडैको हैसियत भएको मानव भएकोले ऊ ब्राह्मण भयो।
इपू ६०० तिर मनुस्मृति रचियो र त्यसमा चर्तुवर्णलाई व्यवस्थित गरियो जहाँ क्षत्रीय (छत्री) राजा भए; ब्राह्मण (वाहुन) शाष्त्र निर्माता, पुरोहित र सल्लाहकार भए; वैश्य वेपार र कृषि कर्मी र शुद्र सेवक भए। राज्य चलाउन उपयुक्त हुने नियम कानुन लेख्नमा वाहुनले सहयोग गर्दथ्यो।
त्यतिबेलाका मान्छेले धार्मिक रुपमा धेरै, पराभौतिक रुपमा अलिअलि र वैज्ञानिक रुपमा नगन्य रुपमा सोच्दथे। त्यही धार्मिक सोच भएका मान्छेलाई अल्मल्याउन लेखिएका शाश्त्रहरू अहिले वैज्ञानिक सोचले हेर्दा अविवेकी देखिए पनि तात्कालिन अवस्थामा प्रभावकारी थिए।
बाहुनले गहन चिन्तन मनन गरे ज्ञान बनाए, लिपि आविष्कार गरे, र शाष्त्र लेखे। अक्षर जगतको निर्माणमा वाहुनको योगदान उच्च छ- एकातिर शाष्त्र उत्पादन गर्ने र अर्कोतिर शिक्षण।
कोहि क्षेत्री, वैश्य र दलित नहोला जसले जीवनमा वाहुन जातको मान्छे सित नपढेको होस्। बाहुन भनेको शिक्षाको ज्योति हो। शाष्त्रीय ज्ञानको स्रोत हो। तर,वाहुनलेशाष्त्र त लेखे तर त्यसमा कतिपय भने अरुलाई ठगेर, शोषण र विभेद गरेर खाने कुरा लेखे।
शिक्षण त गरे तर, शुद्रलाईशिक्षा वर्जित गरे।
“त्यतिबेला पनि शुद्र समुदायका बाल्मिकीहरु पनि थिए त?”भन्ने लाग्ला। शुद्रले सन्यास ग्रहण गरेमात्र पढ्न लेख्न पाउथे। शुद्र एकातिर गरिव थिए, के खाएर पढ्ने? अर्कोतिर, शिक्षा लिए वापत शन्यासी बन्नु पर्ने दण्ड। यस्तो अपवादमा पढेको एक शुद्रले समाजिक न्याय र रुपान्तरणमा कुनै अर्थ राख्छ?
यहि विभेद, ‘ब्रम्हजाल’ र चाप्लुसीको संयुक्त रूप 'वाहुनवाद'ले धन्नै ३००० बर्ष लामो इतिहासमा नेपाली समाजलाईविकृत बनाएको छ। आधुनिक समाजमा जसरी शिक्षा सबैको अधिकार भएको छ, यद्यपि पहूँचमा धेरथोर होला, त्यसरी नै वाहुनवाद पनि कुनै एक जातविशेषको मात्र नरहेर समग्र नेपाली समाजका सबै सदस्यहरुको वैयक्तिक तथा सामुहिक सांस्कृतिक पूँजी भएको छ, भलै व्यक्ति अनुसार धेरथोर होला।
नेपाली समाजमा बाहुनवादको प्रतिविम्वन
नेपाली समाजमा रहेको वाहुनवादी प्रवृत्ति मुख्य गरी निम्न अनुसारको छः
- चुपको संस्कृति र निमुखालाई ठगी
वाहुनहरूले "वाहुनलाई भेटी (ज्याला) दिए पछि उनीहरुले हाम्रो कल्याण गरिदिन्छन्" र "पूजा भरि जसो जसो बाहुन उसै उसै स्वाहा भन्ने" तथा "वाहुनका आशीर्वचन र मन्त्रले कसरी काम गर्छन् भनेर शंका गर्न पनि नसक्ने" संस्कारको विकास गराए।
फलस्वरुप, नेतालाई भोट दिएपछि उनीहरुले हाम्रो कल्याण गरिदिन्छन्; पाँच बर्ष भरि जसो जसो सरकार उसै उसै ताली; नेताका योग्यता, भाषण, नीति र वजेटले कसरी काम गर्छन् भनेर शंका गर्न पनि नसक्ने समाज हामीले पाएका छौं।
मेरो मन्त्रउच्चारणको अर्थ बुझेर वा कम्पनले "अन्तरिक्ष, पृथिवी, वनस्पतीमा वा शरिरको कुन भागमा कस्तो प्रभाव पर्छ वा हर्मोन प्रवाह हुन्छ र त्यसले मानव चेतना, भावनामा कस्तो असर पार्दछ भन्ने कुरा प्रमाणित नभइकन "वेद वाक्यहरु व्रह्म वाक्य हुन् यी मन्त्रमा शक्ति छ" भनिदिने; "आशिर्वचन लाग्ने भए त दिनरात दिएका मेरा सबै छोराहरु सधै सफल र असल हुन्थे, यो दिँदैमा लाग्दैन"; र "ग्रह–दशा न त हुन्छ, न त कटाउन सकिन्छ, र न त म मा त्यो गुण छ" भन्ने थाह भएर पनिआफ्नो फाइदाको लागि सरासर झुट बोल्ने संस्कारले नेपालका शासकलाई सोझा जनतालाई झुटो बोलेर ठग्न प्रोत्साहन गर्यो भने जनताले पनि ठूला मान्छेले झुट बोल्नुलाई सामन्य रुपमा लिएर चुपै बस्छन्।
स्वस्ती गान वा चाकरीको ग्राह्यता
पहिले बाहुनले स्वस्ती शान्ति गरेर मंगल हुन्छ भनेर राजा महाराजाको स्वस्ती गाउँथे। बाहुनको हैसियत घट्दै जाँदा राजालाई श्रृंगारिक कविता र गजल सुनाएर टिप्स लिन थाले।
कतिले टिप्सको आसा बढाइ चढाइ र कुव्याख्या गरी गुणगान गर्न थाले भने कतिलेमंगलको लागि भग्दै साइत, ग्रहफल, दशा आदि हेर्ने तथा त्यो कटाइदिने गर्न थाले। यी कामहरुमा कार्यसम्पादन मापन गर्न मिल्दैन, कत्तिको चिच्याएर मिलाएर स्वस्ती भजन गाएको छ त्यसको प्रकृया मात्र हेर्ने हो। त्यही संस्कार सिकेर आज हामी पत्रिका र संजालमा नेता मन्त्रीका गुणगान गाउँछौं।
मेरो भिसि हुने यो शैक्षिक योग्यता र प्रशासकीय दक्षता छ भन्दैनौं। मैले तपाइको गुणगान गाएर यति वटा लेख लेखें, फेसवुकमा पोष्ट गरें। तपैंका आलोचनाका यति वटा डिफेन्स गरें भन्दछौं। यही प्रकृया पुर्याउन सक्नेले पदको बक्सिस पाउँछ यसको कार्य सम्पादन मूल्याङ्कन हुँदैन। नत्र नियुक्ति दिने कुलपतिले चार बर्षपछि लाइन लगाएर कार्य सम्पादन तथा विश्वविद्यालयको प्रगति विवरण माग्थे होला नि!
बाहुनहरूले एकातिर अरुको साटो आफू कृया बसी दिने र पापको भारी पनि बोक्नी गर्दथे, र अर्कोतिर, पापपखाल्न सकिन्छ भन्ने मान्यताले "तिमी पाप गर्दै जाऊ, मलाई पैसा देऊ म पखाल्दै जान्छु" भनेर पापको प्रोत्साहन गर्दथे। प्रताप मल्ललाई सबै वाहुहरुले तिमीले पाप गर्यौं। सजाय भोग। तिम्रो पाप हामी पखाल्दैनौ भनेर वाहुनले भन्न सकेनन्।
त्यही संस्कारले गर्दा आज कार्यकर्ताहरु नेता वा शासकका सबै पाप कर्ममा ज्यान फालेर साथ दिएका छन्। थोरै लोभमा परेर कर्मचारी र कार्यकर्ताले नेताको पापमा साथ दिइरहेका छन्। जनताले पनि चुनावमा तीन धारा पाकशालामा जस्तै भोजन गरेर वीर शम्शेर जस्तै नेपाल आमा मारा अपराधिहरुको पाप चोख्याउन माशु-भातको काट्टो खाएका छन्।
- सित्तैमा वा दानलिने संस्कार
बाहुनले "सित्तैमा अरुको सामान (दान) लिन हुन्छ" भनेर मात्र सिकाएन, "दान दिएको कुरा उड्कन हुन्न" भनेर पनि सिकाए। क्षत्री चाहिँ मार्क्र्सले भनको 'शोषक वर्ग' ले जस्तो लुटेरै (exploitation) लिन्थ्यो।
बाहुनले चाहिँ ग्राम्सीको जस्तो सम्झाएर वुझाएर दिन पर्छ भन्ने भ्रम जालमा पारेर (hegemony) लिन्थ्यो। यो सित्तैमा लिने बानीले पछि लोभी संस्कारको विकास भयो। अरुका घरमा फलफूल तरकारी देखे नयाँ फल ब्राम्हण देउतालाई चढाउ भन्थे।
त्यस्तै वाहुनलाई घरमा आएको वाहुनलाई भोकै राख्नु हुँदैन, दान दिनु पर्छ, पाऊँ छुन पर्छ, बाटो छोडेर तलपट्टि अडिन पर्छ भनेर समाजलाई सिकायो। त्यही संस्कारले आज जनता राज्यका पदाधिकारी, अधिकारीलाई घुष दान गर्छन्।
नेताले मतलाई करार-पत्रको रुपमा लिँदैनन् दान भन्छन् र जनता पनि मतको दुरुपयोग भयो भने पनि प्रत्व्हान माग्दैनन्। दान लिनेलाई मालिक ठान्छन्, एटरपोर्टमा हात जोडेर लाइन लाग्छन्, र सवारी आउँदैछ भनेर २ घण्टादेखि बाटो छोडेर बस्छन् ।
- श्रम नगर्ने, दलाली गरेर खाने
बाहुन प्रतिफल नदेखिने कामको ज्याला लिन्थे। सत्य नारायण वा गरुड पुराणका कथा भनेर (ज्ञान प्रदान गरेर हैन), "मलाई दिए तिम्रो मरेको पति वा बाउले पाउँछ" भनेर दान लिन्थे। सार्कीलाई जुत्ता सिलाउन लगाएर ज्यालामा आर्शीवचन पनि दिन्थे।
अझ, देउता र यजमानको विचमा दलाली गर्थ- “मैले तिमीलाई यौटा छोरो दिन शिवजीलाई भनेको छु”, "हरिवंश पुराण लगाऊ छोरो हुन्छ" आदि। त्यहि सिकेर आज, श्रम गर्दा तीन दिनमा रु.३००० कमाउनेले तीन दिन गफ गरेर जग्गा दलाली गरी तीन लाख चड्काउँछ।
यस्ता गफ गरेर खाने दलालहरु मन्त्रालयदेखि वडा कार्यालयसम्म हेडक्वाटरदेखि पुलिस चौकीसम्म जताततै छन्। बाहुनले हलीलाई धान पाके पछि मात्र धान रोपेको ज्याला (बाली) दिन्थ्यो तर आफू भने १३ दिनमा नै "ऊ! स्वर्ग पुगीसक्यो" भनेर ज्याला लिन्थ्यो।
यसरी, वाहुनले प्रतिफल वा उत्पादकत्व विना नै ज्याला लिन हुन्छ भन्ने सस्ंकार सिकाएर आज हाम्रो समाजमा उत्पादकत्व विना नै ज्याला चड्काउने प्रवृत्ति छ- कयौं मन्त्री, सांसद, शिक्षक,कर्मचारी, आदिको राज्यमा योगदान नगन्य छ।
- कर्म, पुर्नजन्म र भाग्यवाद
वाहुनका शाष्त्र र व्याख्य “अघिल्लो जुनीमा गरेको पापको सजायँ यो जुनीमा गरिवि भोगेर काट्ने हो र उस जुनीको दान र पुण्यले ऐले धनी भएका हुन्।” ले गरिवलाई गरिविको कारण खोज्न र शोषण विरुद्ध लड्न रोक्छ। यसले छट्टु ठगलाई सरकारी ढुकुटि रित्याउन सजिलो हुन्छ।
बाहुनको शाष्त्रको कर्म र पुर्नजन्मको मान्यताले सोझा मान्छेमा “मान्छेको यो जीन्दगी (जुनी) कस्तो हुनी भन्ने कुरा अघिल्लो जुनीको कर्मले निर्धारण गरिसकेको छ, अब अहिले बल गरेर केहि परिवर्तन हुँदैन” भन्ने अन्धविश्वास वा भाग्यवाद विकास गरायो र गति छाडा बनायो। मानवशाष्त्री डोर व विष्टले नेपाली जनतामा रहेको भाग्यवाद विकासको अवरोधक हो भनेका छन्।
- धर्म राजनीतिक स्वार्थको साधन
बाहुनले लेखेका शाष्त्रले "राजन्य (शासक) ब्राह्मालेखटाएका हुन्छन् र उनीहरु धार्मिक उपायले ईश्वरसँग सल्लाह गरेर शासन गर्दछन् " भन्छ।
नेपालका शासकहरू त्यहि ईश्वरीय रुप देखाउन पशुपति, जानकी मन्दिर, दशैंको टीका, आदिको ढोंग रच्दछन्।
त्यस्तै बाहुनवादको थलो भारतका शासक पनि पशुपतिनाथ र मुक्तिनाथ यात्रागरी आध्यात्मिकताको ढोंग रच्दछन्। दुबैमा कदाचित् दैवी उपकारवाद र मानवीय मानवतावाद हुन्थ्यो भने चितवन जुटपानीको चौरमा खाना पकाउने र चौतारोमा सुत्ने अनि ढुङ्गाको जाँतो बनाएर गाउँमा बेच्दै हिँड्ने विहारीकी यौटी चामल र पुराना थाङ्ना माग्दै हिँड्ने सुत्केरी र वैतडीको एक १५ बर्षे केटो जो गरिवीले गर्दा पढ्न छोडेर केदारनाथमा तिर्थालु बोक्छ र कमाइ घर पठाउँछ राज्यविहिन हुने थिएनन्।
बाहुनवादले एकातिर गरीव, निमुखा र दलितलाई मान्छे नै गन्दैन र अर्कातिर कहिल्यै सत्य बुझेर र जुटेर शोषणको विरोध गर्न नसक्ने गरी भाग्यवादको जन्जीरले वाँध्छ। अझ, यी दुई शोषित जुट्छन् भनेर मानवताको समस्या भूगोलमा देखाएरबुझ्न सक्नेलाई पनि दिग्भ्रमित पार्छ।
अन्त्यमा,
म्याक्स वेवरलेसन् १९१६ मा- "पोपको वाहुनवादबाट मुक्ति पाएर मात्र युरोपमा पूँजिवादको विकास भएको हो। भारतबर्षमा वाहुनवाद रहिन्जेल देस विकास हुँदैन" भनेका थिए।
उल्टो, १०० बर्ष पछि पनि, नेपाली समाज बुद्धकालिन उत्तर भारतको चतुरवर्ण समाज प्रतित हुन्छ। त्यसबेलाका वाहुनहरु पैसाको लोभमा राजन्यलाई शासन चलाउन तथा वैश्य र शुद्रको विद्रोह रोक्न जस्ता सुकै अवैध शाष्त्र बनाइदिन्थे। त्यसरी नै आजका नेताहरु पनि संविधानका धारा, ऐन-कानुन, नीति, र वजेटहरु लेखीदिन्छन्।
त्यस बेलाका राजन्यहरु आफूभन्दा निर्वललाई लुट्दथे,शोषण गर्दथे तर तार्किक डिफेन्स गर्न वाहुनलाई लगाउँथे। आजका कर्पोरेटरहरु उपभोक्तालाई सकेसम्म निचोर्छन्, चुस्छन् र त्यसलाई वैधानिक बनाउन नेतालाई लगाउँछन्।
सामाजिक सोपानमा त्यतीबेलाको वैश्य, जो अनुमति लिने र कर बुझाउने क्रममा शासकसँग भेट्ने हैसियत राख्थे, को स्थान आज दलका कार्यकर्ताको छ; र आजका आम जनता शासकलाई कहिल्यै नसुनिने र नदेखिने, तथानेता र कर्पोरेटरलाई बाटो छोडेर, निउरिएर उभिने आधुनिकशुद्र भएका छन्।