गत जुन ३ तारिक शनिबार नेपालमा पत्रकार सम्मेलन गरी कुवेतबाट डिपोर्ट भएर नेपाल पुगेका नेपाली जनप्रगतिशिल मञ्च कुवेतको अध्यक्षसमेत रहेका दावा थोकरले आफू र आफ्नो संस्था एनआरएनको नाम समेत जोड्दै तथा सम्पूर्ण म्यानपावर ब्यवसायीलाई जोडेर निकालिएको समाचारप्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बताएका छन्। उनले थपे, ‘मेरो ब्यक्तिगत चरित्र हत्या र आक्षेपप्रति कुनै सत्यता नभएको यसै समाचार मार्फत स्पष्ट पार्न चाहन्छु।
‘ना कसुर कुवेतको जेलमा १ महिना, झुटो मुद्दा लगाएर डिर्पोट" भन्ने शीर्षकमा गत जुन ३ तारिक प्रकाशित समाचारमा आफ्नो नाम, एनआरएनए कुवेत तथा कुवेतको मेनपावरको हात रहेको भन्ने समाचार सरासर झुट हो। एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले भने, ‘दावालाई के कारणमा कुवेत प्रहरीले समात्यो अनी कुवेतबाट डिपोर्ट गर्यो, त्यो हाम्रो क्षेत्र भन्दा बाहिरको कुरा हो। बाँकी कानुनी कुराहरु दूतावास वा कुवेत सरकारलाई थाहा हुने कुरा हो। यहाँ त मलाई ब्यक्तिगत रुपमा चरित्र हत्या गर्ने काम भयो।’
मैले एनआरएनए कुवेतको सामुहिक पहलमा धेरै राम्रा र उद्दारका कामहरु गरिरहेको परिपेक्षमा एकाएक आफ्नो संलग्नता नभएको कुरामा लगाइएको ब्यक्तीगत आक्षेपको म त्यसको घोर भर्सना गर्दै मेरो ब्यक्तिगत चरित्र हत्या र गाली गलौज तथा मानहानी प्रती सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।
यसै बिच जन प्रगतिशिल मन्च कुवेतले आज एक पत्र मार्फत मन्चका पूर्व अध्यक्ष रहेका दावा थोकर गैर कानुनी कार्य गरेको भनी कुवेत सरकारद्वारा देश निकाला भएपछि उनको पद स्वतः खारेज भएको र तत्कालिन उपाध्यक्ष मन कुमार गुईदेललाई कार्यबाहक अध्यक्षमा नियुक्त गरिएको बताउँदै उक्त समाचारमा एनआरएनए कुवेतको अध्यक्षको नाम जोडिएको प्रती गम्भीर ध्यानाकर्षण भएको र त्यस प्रति दु:ख ब्यक्त गर्दै उक्त पत्रकार सम्मेलन तथा यस समाचारमा अनी दावा थोकरको नितान्त ब्यक्तिगत रुपमा गरेका कार्यहरुमा जन प्रगतिशिल मन्च कुवेतको कुनै संलग्नता नरहेको एनआरएनए कुवेतलाई जानकारी गराएको छ।
यसै बिच एनआएएनए कुवेतले एक प्रेश बिज्ञप्ती मार्फत "विना कसुर कुवेतको जेलमा १ महिना, झुटो मुद्दा लगाएर डिर्पोट" भन्ने शीर्षकमा समाचारमा कुवेत सरकारवाट डिपोर्ट भएका दावा थोकारको केशमा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङको हात रहेको भन्ने आरोप प्रती खेद प्रकट गर्दै जन प्रगतिशिल मन्चले पनि पत्र मार्फत सत्य कुरा बाहिर ल्याइ सकेको तथा एनआरएनए अध्यक्ष माथि लगाइेको आक्षेप पूर्ण समाचारमा सत्यता नभएको जनाएको छ।