द कन्भरसेसन– ५८
केही समयअघि सिस्नुपानी नेपालको कार्यक्रममा प्रस्तुत 'माण्ठ हुँ म माण्ठ' गीतले निकै चर्चा पायो।
यो गीत लेखक माधव चौलागाईंले लेखेका हुन्। माधव आफ्ना लेखमार्फत कर्णाली चिनाउँदै आएका लेखक हुन्। उनको 'सपादलक्ष कर्णाली' किताब पनि प्रकाशित छ।
'माण्ठ हुँ म माण्ठ' गीत उनको त्यही किताबमा समावेश थियो।
सिस्नुपानीको कार्यक्रममा प्रस्तुत हुँदा गीतका केही शब्दहरू हेरफेर भएका छन्।
यसमा संगीतकार धीरेन्द्र प्रेमर्षिले संगीत भरेका छन्। शब्दमा मात्र सीमित यो गीतलाई सिस्नुपानीको कार्यक्रममा प्रस्तुत गर्न उनैले आग्रह गरेका थिए।
गीतमा आस्था राउत र स्मारिका फुयालको स्वर छ। गीतमा भएको कर्णालीको अर्गानिक स्वाद र यी दुईको शक्तिशाली आवाजसहित प्रस्तुति मानिसहरूले खुबै रूचाएका छन्।
'माण्ठ हुँ म माण्ठ' को प्रस्तुतिमा कलाकार मिथिला शर्मा र टिमको नृत्य देख्न सकिन्छ। गीतले सिंगो कर्णालीलाई जगाएको र चिनाएको प्रतिक्रिया मानिसहरूले दिएका छन्।
सेतोपाटी द कन्भरसेसनमा यस पटक लेखक माधव चौलागाईं, संगीतकार धीरेन्द्र प्रेमर्षि, गायकद्वय आस्था राउत र स्मारिका फुयालले यही गीतमा केन्द्रित भएर कुराकानी गरेका छन्।
यो गीत कसरी रचना भयो, यो गीतसँग उनीहरू कसरी जोडिए, गीत बनाउँदा कस्ता चुनौती आए, रमाइला किस्साहरू के के भए — यसबारे पनि उनीहरूले खुलेर कुराकानी गरेका छन्।
हेर्नुहोस्सेतोपाटी कन्भरसेसनमा 'माण्ठ हुँ म माण्ठ' टिमको पूरा कुराकानीः