सेतोपाटीको भिडिओ शृंखला 'द लिडर' मा हामी विभिन्न व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानको नेतृत्वमा रहेका व्यक्तिसँग उनीहरूको करिअर, उनीहरूले प्रतिनिधित्व गर्ने क्षेत्र र नेतृत्वमा हुनुपर्ने गुणबारे कुरा गर्ने छौं।
आज कुरा गर्दैछौं, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठसँग।
देशको औद्योगिक क्षेत्रमा ५० वर्षभन्दा बढी समयदेखि संलग्न पञ्चकन्या ग्रुपले फलामे छडदेखि स्टिल र प्लास्टिकदेखि पानी ट्यांकीसम्म उत्पादन गर्दै आएको छ। यो समूहले घरको जगदेखि छतसम्म प्रयोग हुने सबै किसिमका सामग्री स्वदेशमै निर्माण गर्छ। जलविद्युतदेखि ग्यास सिलिन्डर र बिटुमिन उत्पादनमा समेत पञ्चकन्या ग्रुप संलग्न छ।
प्रबन्ध निर्देशक श्रेष्ठले यो भिडिओ शृंखलामा आफ्नो बाल्यकाल र स्कुल-कलेज जीवनदेखि व्यावसायिक नेतृत्वसम्मको उतारचढाव वर्णन गरेका छन्।
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका श्रेष्ठले उद्योगी व्यवसायीहरूको नेताका रूपमा निर्वाह गरेको भूमिकाबारे पनि चर्चा गरेका छन्।
उनले आफ्नो व्यावसायिक जीवनमा के-कस्ता राम्रा निर्णय गरे? कहाँ-कहाँ चुके? उनका व्यक्तिगत कमी-कमजोरी के हुन्? पञ्चकन्या ग्रुपको आगामी बाटो के हो? यो समूहको मूल्य-मान्यता के हो? हामीले यस्ता प्रश्न श्रेष्ठसँग सोधेका छौं।
कुनै पनि संस्थाको नेतृत्व गर्ने 'लिडर' मा के-कस्ता गुण हुनुपर्छ भनेर उनले व्याख्या गरेका छन्। र, उद्योग व्यवसाय क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई आफ्ना केही 'बिजनेस मन्त्र' पनि दिएका छन्।
हेर्नुहोस्, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठसँगको कुराकानी सेतोपाटी भिडिओ कार्यक्रम 'द लिडर' मा —