द कन्भरसेसन- ३३
वामपन्थी राजनीतिका वरिष्ठ नेता मोहनविक्रम सिंह प्रगतिशील साहित्यकार पनि हुन्। प्रदीप ज्ञवाली पनि नेकपा एमालेका एक अध्ययनशील र कलम बलियो भएको नेताका रूपमा चिनिन्छन्।
मोहनविक्रमले वामपन्थी राजनीतिको आफ्नो लामो अनुभवका आधारमा नयाँ किताब सार्वजनिक गरेका छन् — कामरेड जलजला।
यो किताब लेख्न २३ वर्ष लागेको उनले बताएका छन्। किताब १३२० पृष्ठको छ।
यही किताबबारे आफ्नो टिप्पणी सार्वजनिक गर्दै प्रदीप ज्ञवालीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए —
'कामरेड जलजला' एक 'पर्वतकाय' उपन्यास। कामरेड एमबी सिंहको २३ वर्ष लामो साधनाको परिणति। १३२० पेजको यो 'पर्वत' चढ्न धैर्य चाहिन्छ, तर शिखरमा पुगेपछि चाहिँ सूचना, ज्ञान र परिकल्पनाको विशाल क्षितिजसँग साक्षात्कार हुन्छ, जसमा सबै थोक छन्- दर्शन, इतिहास, संस्कृति, विचार, राजनीति, भूगोल, खगोल, मिथ, समाज, प्रेम, संयोग र वियोग। उमेरजन्य बाधा पन्छाउँदै यस तहको कृति निर्माण गर्न सक्नुभएकोमा लेखकलाई हार्दिक बधाइ!
सेतोपाटी कन्भरसेसनको आजको अंकमा यही किताबको सेरोफेरोमा रहेर वामपन्थी राजनीतिका दुई चर्चित मोहनविक्रम सिंह र प्रदीप ज्ञवालीले कुराकानी गरेका छन्। उनीहरूको कुराकानी किताबका पात्र र घटनाक्रमहरूमा मात्र सीमित छैन। उनीहरूले नेपालको वामपन्थी आन्दोलनले भोगेको आरोह-अवरोहको कथा पनि भनेका छन्।
हेर्नुहोस्, मोहनविक्रम सिंह र प्रदीप ज्ञवालीको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा —