द कन्भरसेसन- ३२
केही वर्षअघिसम्म काठमाडौंका स्कुल र कलेजमा पुस र माघ गरी ठ्याक्कै दुई महिना जाडो विदा हुन्थ्यो, जसलाई 'मीनपचासको विदा' भनिन्थ्यो।
अहिलेका विद्यार्थीले दुई महिनाको जाडो विदा पाउँदैनन्। विदा दुई सातादेखि एक महिनामा घटेको छ।
विदा मात्र होइन, काठमाडौंको जाडो नै अहिले कम भएको छ। कुनै बेला जाडो यामभरि बिहानको समय काठमाडौं उपत्यका हुस्सु र कुहिरोले ढाकेको हुन्थ्यो। मध्याह्न नभई घाम देख्न पाइन्थेन। दुई-तीन बजेपछि त चिसो स्याँठ चलेर बसिनसक्नु हुन्थ्यो। अचेल काठमाडौंमा न हुस्सु देखिन्छ, न कुहिरो। चिसो स्याँठ पनि खासै चल्दैन। यसले बिहानैदेखि घाम ताप्न पाइन्छ। दिनभरि मज्जाले घाम लाग्ने हुँदा जाडो खासै महसुस हुँदैन।
काठमाडौंको हिउँदे हावापानीमा यस्तो परिवर्तन कसरी आयो? काठमाडौंको हुस्सु, कुहिरो, स्याँठ र तुसारो कहाँ हरायो?
यति मात्र होइन, अचेल हिमालतिर हिउँको परिमाण घटेर कालो चट्टान बढ्ता देखिन्छ। तराईमा जाडोभरि चल्ने शीतलहर पनि कम भएको छ।
सेतोपाटी कन्भरसेसनको आजको अंकमा हामीले जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठसँग हिमालदेखि तराईसम्म हिउँदे हावापानीमा आएका परिवर्तनबारे कुराकानी गरेका छौं।
करिब ३० वर्षदेखि वैज्ञानिक आँखाले हावापानीको परिवर्तन नियालिरहेका श्रेष्ठलाई हामीले काठमाडौं उपत्यकाबाट हराएका हुस्सु, कुहिरो, स्याँठ र तुसारोदेखि हिमालको हिउँ र तराईको शितलहरबारे सोधेका छौं। हिउँदे वर्षाको अवस्थाबारे सोधेका छौं। हिउँदे हावापानीको परिवर्तन पृथ्वीका लागि कति घातक छ भन्ने कुरा गरेका छौं।
त्यस्तै, मौसम पूर्वानुमानमा नेपालले हासिल गरेको प्रगतिबारे उनले विस्तृत बयान गरेकी छन्। आफ्नो करिअर र अनुभवबारे पनि चर्चा गरेकी छन्।
हेर्नुहोस्, मीनपचासको हावापानीबारे मौसमविद्सँगको कुराकानी, सेतोपाटी कन्भरसेसनमा —