पूर्वअमेरिकी राष्ट्रपतिहरूमध्ये नेपालसँग सबभन्दा धेरै जोडिएका र आत्मीय सम्बन्ध भएका जिमी कार्टरको १०० वर्ष उमेरमा सोमबार बिहान निधन भएको छ। जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा उनको निधन भएको छोरा चिप कार्टरले जानकारी दिएका छन्।
पञ्चायत कालमा जेल परेका बिपी कोइरालालाई छुटाउनदेखि माओवादीहरूलाई शान्ति प्रक्रियामा ल्याउन र संविधानसभा निर्वाचनमा समेत उनी जोडिएका थिए।
यसबारे हामीले विभिन्न राजनीतिक दलका नेताहरूसँग जिमी कार्टरबारे कुराकानी गरेका छौं।
उनीहरूले नेपालको राजनीतिमा जिमी कार्टरको भूमिकाबारे वर्णन गरेका छन्।