द कन्भरसेसनः १६
अमेरिकी बिजनेस पत्रिका 'फोर्ब्स' ले सार्वजनिक गर्ने डलर अर्बपतिको सूचीमा पर्ने एक्ला नेपाली हुन् विनोद चौधरी। हाल उनको सम्पत्ति करिब एक अर्ब ८० करोड अमेरिकी डलर अर्थात् दुई खर्ब ४० अर्ब रूपैयाँ बराबर छ।
पछिल्लो समय पूर्णकालीन राजनीतिमा लागेर सांसद भएपछि उनले चौधरी समूहको बागडोर आफ्ना तीन छोरालाई सुम्पेका छन्।
तीनै जना छोरा सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक हुन्। उनीहरूको जिम्मेवारी क्षेत्रगत रूपमा बाँडफाँट गरिए पनि कतिपय क्षेत्र अन्तरसम्बन्धित छन्।
जेठा निर्वाण चौधरी खासगरी समूहको नेपाल बजार हेर्छन्। यहाँका सिजी फुड्स, सिजी इलेक्ट्रोनिक्स, नबिल बैंक, सिजी टेलिकम, सिजी मोटोकर्प लगायत उनको जिम्मामा छ।
माइला राहुल सिजी हस्पिट्यालिटी होल्डिङ्सका सिइओ हुन्। उनी संसारका एक दर्जनभन्दा धेरै देशमा रहेका सिजीका डेढ सयभन्दा धेरै होटल र रिसोर्ट सम्हालिरहेका छन्। सिजीको रियल स्टेटको काम पनि उनैले हेर्छन्।
कान्छा वरूण विशेषगरी वाइवाइको अन्तर्राष्ट्रिय बजार हेरिरहेका छन्। पचास वटाभन्दा धेरै देशमा उनले वाइवाइ विस्तार गरिसकेका छन्। यसबाहेक नेपालमा सिजी सिमेन्टको काम उनकै जिम्मामा छ।
सेतोपाटी कन्भरसेसनमा आज यी तीन दाजुभाइले आपसी प्रेम र सम्बन्धदेखि आफ्नो हुर्काइबढाइ, बाबुआमाबाट पाएको शिक्षा र सिकाइ, आफूले सम्हाल्दै आएको व्यापार र त्यसको विस्तार र अहिले आफ्ना सन्तान हुर्काउँदाको अनुभव बाँडेका छन्।
र, यो कन्भरसेसनमा सहजकर्ताको काम गरेका छन् सेतोपाटीका सुदीप श्रेष्ठले।
हेर्नुहोस् कन्भरसेसन भिडिओः