द कन्भरसेसन- १२
बिना थिङ र राजु स्याङ्तानबीच दुइटा कुरा समान छन्।
पहिलो, यी दुवै लेखक हुन्; आख्यान र गैरआख्यान दुवै क्षेत्रमा यिनको कलम बलियो चल्छ।
दोस्रो, दुवै जना तामाङ समुदायको सदस्यका रूपमा आफूले भोगेका र घरपरिवारबाट सुनेका उत्पीडनका कथा प्रस्तुत गर्छन्। तामाङ समुदायको आरोह-अवरोह सुनाउँछन् र समुदायको उत्पीडनविरूद्ध आक्रोश व्यक्त गर्छन्।
बिना थिङ कथाकारका रूपमा बढी परिचित छिन्। उनको कथा संग्रह ‘याम्बुनेर’ प्रकाशित छ। तामाङ भाषामा ‘याम्बु’ भनेको काठमाडौं हो। काठमाडौं वरपर बसोबास गर्ने समुदायमा केन्द्रित उनका कथाहरू राज्यद्वारा उपेक्षित र सीमान्तकृतहरूबारे छ। पेसाले भने उनी शिक्षक हुन्।
त्यस्तै, राजु स्याङ्तानले कविका रूपमा आफ्नो परिचय बनाएका छन्। गत वर्ष प्रकाशित कविता संग्रह ‘ओ पेङ्दोर्जे’ मा उनले बाल्यकालदेखि अहिलेसम्म भोगेका घटनाक्रमलाई कवितामार्फत् प्रस्तुत गरेका छन्। पेसाले पत्रकार उनी 'नयाँ पत्रिका' दैनिकमा आबद्ध छन्। कवितामा जस्तै पत्रकारितामा पनि सीमान्तकृतका आवाज उठाउँछन्।
सेतोपाटी ‘द कन्भरसेसन’ को बाह्रौं शृंखलामा यी दुई लेखकले आफ्नो लेखन यात्रासँगै तामाङ समुदायका भोगाइ, उत्पीडन, चुनौती र अपेक्षाबारे कुराकानी गरेका छन्।
हेर्नुहोस् बिना थिङ र राजु स्याङ्तानको कुराकानी 'द कन्भरसेसन' भिडिओमा —