द कन्भरसेसन- १०
सेयर बजारले पछिल्ला दिनमा नयाँ उचाइ समातेको छ। नेप्से २९ महिनायताकै उच्च विन्दु आसपास छ। २३ अर्ब रूपैयाँसम्म दैनिक कारोबार भएर नयाँ रेकर्ड बनाएको छ।
सेयर बजारमा उल्लास बढिरहे पनि यो बजार सधैं एउटै लयमा चल्दैन। बजारको उतारचढावले नै सेयर लगानीकर्तालाई खार्दै लैजान्छ। उनीहरू आफ्नो बलियो रणनीति बनाएर बजारमा अघि बढ्न सक्छन्। बजारको यस्तो उतारचढावमा नयाँ लगानीकर्ता थपिने र पुराना लगानीकर्ता हराउने समेत हुँदै जान्छ।
केही लगानीकर्ता भने वर्षौंदेखि यही बजारको उतारचढावमा नयाँ नयाँ रणनीति बनाएर अघि बढ्छन्। यस्तै लगानीकर्ता हुन् अम्बिका पौडेल।
सेतोपाटीको 'द कन्भरसेसन' शृंखलाको यो अंकमा अम्बिका पौडेल, पुराना सेयर ब्रोकर प्रियराज रेग्मी र मर्चेन्ट बैंकर एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश वैद्य जोडिएका छन्।
उनीहरूले नयाँ लगानीकर्ताले गर्नुपर्ने तयारी, हुने गल्तीहरू, कसरी कमाउन सकिन्छ वा कमाएको पनि कसरी गुम्न सक्छ लगायत विषयमा आफ्ना अनुभव साटेका छन्।
हेर्नुहोस् उनीहरूको कुराकानी भिडिओमाः