द कन्भरसेसन
नेपाल आइडलबाट गायन सुरू गरेकी अस्मिता अधिकारीका थुप्रै गीत स्रोता-दर्शकको मनमा बसेका छन्। रेकर्डिङदेखि स्टेज कार्यक्रमसम्म उनको माग लोभलाग्दो छ।
महेश काफ्लेले पनि आफ्ना थुप्रै गीतबाट स्रोता-दर्शकलाई मोहनी लगाएका छन्। उनले सानो उमेरमै गाएको 'सौतेनी आमा' बोलको गीत चर्चित भएको थियो। उनी पनि स्टेज कार्यक्रमका लागि खोजिने गायकमा पर्छन्।
अस्मिता र महेशले झन्डै चार वर्षअघि 'लज्जावती झार' गीतबाट सांगीतिक सहकार्य सुरू गरेका थिए। त्यसयता अन्य केही गीतमा सहकार्य गरिसकेका यी दुई जना छिट्टै विवाह गर्दैछन्।
गत महिना कन्सर्ट सिलसिलामा युएईको दुबई पुगेका बेला उनीहरूले त्यहीँ इन्गेजमेन्ट गरेका थिए।
संसारको अग्लो टावर 'बुर्ज खलिफा' अगाडि इन्गेजमेन्ट गरेको केही तस्बिर सामाजिक सञ्जालमार्फत् साझा गर्दै उनीहरूले गायनसँगै जीवनको सहयात्रा सुरू गरेको बताएका थिए।
‘सेतोपाटीको द कन्भरसेसन’ शृंखलामा अस्मिता र महेशको जोडीले पहिलोपटक सँगै बसेर सांगीतिक यात्रादेखि प्रेम सम्बन्धबारे अन्तरंग कुराकानी गरेका छन्।
हेर्नुहोस् अस्मिता र महेशबीचको 'द कन्भरसेसन' भिडिओ: