काठमाडौं उपत्यकाको नेतृत्वमा यसपटक दुई नयाँ युवा अनुहार देखिएका छन्। मेयरमा ३२ वर्षीय बालेन शाह र उपमेयरमा २९ वर्षीया सुनिता डंगोल निर्वाचित भएका छन्।
राजनीतिमा सधैं युवा नेतृत्वको कुरा उठिरहने अवस्थामा यसपटक देशकै ठूलो महानगरको नेतृत्व युवाले पाएका छन्। यो अवस्थामा काठमाडौंवासीले अहिलेको नेतृत्वबाट धेरै आशा राखेका छन्।
यस्तै, युवाहरूले पनि काठमाडौंको नेतृत्वमा तन्नेरी पुस्ताका मानिस आउनु सकारात्मक रहेको बताएका छन्।
यसअघि आएका नेतृत्वबाट महानगरको विकास खासै नभएको उल्लेख गर्दै अब युवा नेतृत्वले महानगरको मुहार फेर्ने उनीहरूको विश्वास छ। उनीहरूले अबको नेतृत्वले काठमाडौंको जाम, फोहोर र धुँवाधुलोको समस्या हल गर्नुपर्ने माग छ।
हेर्नुस्, तन्नेरी पुस्ताका बालेन र सुनिताको नेतृत्वबारे युवाहरूको धारणा समेटेर सेतोपाटीले तयार पारेको यो भिडिओः