सरकारले जेठ १ गतेदेखि सातामा दुई दिने बिदा निर्णय गरिसकेको छ। पेट्रोलियम पदार्थको खपत घटाउन र घट्दो डलर सञ्चितिको समस्यालाई मध्यनजर गर्दै सरकारले दुई दिने निर्णय गरेको हो। यद्यपी सरकारले यो निर्णय परीक्षणका रुपमा लागू हुने जनाएको छ।
सरकारले कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कायम गरेको छ। सेतोपाटीले सरकारको निर्णय कस्तो लाग्यो भनेर सर्वसाधारणलाई सोधेको छ। हेर्नुहोस् भिडिओ