निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पर्खाइमा छ। नेपालमा त्रिभुवन विमानस्थलपछि ३ हजार मिटर लामो रनवे भएको यो पहिलो विमानस्थल हो।
नयाँ विमानस्थलको कन्ट्रोल टावर अहिले नै सञ्चालनमा छ। नयाँ रनवे आउँदो वैशाख ८ गतेबाट सञ्चालनमा आउँदैछ। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रक्रिया थालिएको छ। सम्भवत: आउँदो जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान हुनेछ। कतार एयरवेज, जजिरा एयरलाइन्स लगायतका कम्पनीले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्न चासो देखाइरहेका छन्।
विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुर्याइसकेको छ।
विमानस्थलमा रहने अध्यागमन, भन्सारजस्ता कार्यालय खुल्ने क्रममा छन्। नयाँ बनेको विमानस्थलमा सेतोपाटीकी भगवती पाण्डेले भ्रमण गरेर भिडिओ तयार पारेकी छिन्।
हेर्नुहोस् भिडिओ: