देशभरका प्रहरी कार्यालयमा स्थानीय तहको निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि आवेदन दिनेको घुँइचो छ। चैत ११ गतेसम्म आवेदन दिने समय छ।
म्यादी प्रहरी बन्न विद्यार्थीदेखि गृहिणीसम्म आवदेन दिन प्रहरी कार्यालय पुगेका छन्।
म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।
म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउँछन्।
म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ।
हेर्नुहोस् भिडिओ-