अन्तत: नेकपा एमाले विभाजन हुने भएको छ। मन्त्रिपरिषद् बैठकले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याइदिएसँगै एमाले विभाजन हुने निश्चित भएको हो।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादीको एकीकरण खारेज गरेसँगै नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच तीव्र मतभेद उत्पन्न भएको थियो।
एमालेमा विवाद मिलाएर एकताका लागि लामो समय दोश्रो तहका नेताहरूले प्रयास गरेका थिए। तर एकता प्रयास असफल भएपछि नेता नेपालले अगल पार्टी बनाएर अघि बढ्ने निर्णय गरेका हुन्।