नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'दम्भ र अहंकारले इतिहास निर्माण नहुने' टिप्पणी गरेका छन्। पुन:स्थापित प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको यो टिप्पणी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित थियो। प्रतिनिधिसभा बैठकमा एमालेका तर्फबाट प्रदीप ज्ञवाली बोलेका थिए।
ज्ञवालीले दलीय व्यवस्था भत्किएकोमा चिन्ता जनाएका थिए। प्रचण्डले उनलाई जवाफ दिँदै पटक-पटक प्रतिनिधिसभा भंग गरेर प्रणाली भत्कियो भनेर गोहीको आँशु चुहाएको टिप्पणी गरे।
प्रचण्डको सम्बोधनको भिडिओ हेर्नुहोस्-