मनसुन सुरु भएसँगे आएको बाढी र पहिरोका कारण नेपाल आक्रान्त बनिरहेको छ।
जेठ २८ गतेबाट सुरू भएको मनसुनले मनाङ र सिन्धुपाल्चोकको हेलम्बुदेखि तल मेलम्चीसम्मको क्षेत्रमा जनधनको क्षति गराएको छ।
यसपटक सरदरभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्हरूको छ। हिमाली क्षेत्रमा यसपटक सामान्य अवस्थाभन्दा ६५ प्रतिशतले बढी वर्षाको आँकलन जल तथा मौसम विज्ञान विभागको छ। त्यस्तै पहाडी क्षेत्रमा ५५ प्रतिशत बढी वर्षाको सम्भावना छ।
पछिल्लो वर्षाको ट्रेण्डबारे हामीले जल तथा मौसम विज्ञान विभागकी मौसमविद् इन्दिरा कँडेलसँग कुराकानी गरेका छौं।
हेर्नुहोस् भिडिओ :