यो वर्षको साउनयता नेपालमा बाघको आक्रमणमा परी ११ जना मानिसले ज्यान गुमाएका छन्।
गत आइतबारमात्र बाघले गैंडा गणना गर्न गएका बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेको थियो।
इटालीको युनिभर्सिटी अफ फेराराबाट बाघसम्बन्धी विषयमै विद्यावारिधि गरेका सदर चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेलका अनुसार बाघ हेर्दा डरलाग्दो देखिए पनि उसको स्वभाव आक्रामक हुँदैन, बरू लजालु स्वभावको हुन्छ।
बाघले मान्छेलाई देख्नेबित्तिकै आक्रमण नगर्ने बरू लजाउने र बेवास्ता गर्ने पोखरेल बताउँछन्।
मान्छेसँग लजाउने पाटेबाघ किन मान्छेलाई नै आक्रमण गर्दैछ? हेर्नुस् सेतोपाटीका विवेक राईले तयार पारेको भिडिओः