नेपाली पत्रकार दीपक भट्टराई साढे तीन वर्षदेखि म्यानमारमा थिए। त्यहाँको आङ सान सुकी समयको प्रजातान्त्रिक शासन र निर्वाचनको समेत पर्यवेक्षण गरेका दीपक दुई साताअघि नेपाल फर्किएका छन्।
सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले गत वर्ष भएको आमनिर्वाचनमा दुईतिहाइ मत ल्याएपछि त्यहाँको सेनाले धाँधलीको आरोप लगाउँदै सबै जनप्रतिनिधिलाई बन्धक बनाएको छ।
सेनाले गत डिसेम्बरमा सत्ता हातमा लिएको थियो। त्यसयता भएको विरोध प्रदर्शनमा सेनाले चरम दमन गर्दै आएको छ, जसमा चार सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
म्यानमारमा सैनिक शासन सुरू भएपछि पनि ४७ दिन दीपकले उतै बिताए। नेपाल फर्किएर सेल्फ क्वारेन्टिन बसेपछि दीपकले त्यहाँको अवस्थाबारे सेतोपाटीमा भिडिओ ब्रिफिङ गरेका छन् । हेर्नुहोस् भिडिओ: