त्रिशला गुरुङलाई धेरैले गायिका भनेर चिन्छन्। उनको गायन कला मन पराउने र सामाजिक सञ्जालमा उनलाई पछ्याउने लाखौं छन्।
गत वर्षमात्र त्रिशलाले अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबिबिएस पढाइ सकाएकी छन्। अहिले उनी सोही कलेजमा इन्टर्नसिप गरिरहेकी छिन्।
डाक्टरी पढाइसँगै गायनमा आफूलाई सफल स्थापित गरेकी उनले पढाइका कारण संगीतमा धेरै समय दिन नपाएकी सुनाइन्।
दुबै पेसामा कम मानिसहरू मात्र सफल हुने देखिने गरेकोमा आफू दुबैमा सफल भएकोमा खुसी रहेको बताइन्। उनले दुबै क्षेत्रमा आफूले उत्तिकै मेहनत गरेको जनाइन्।
गायनमा चर्चित भए पन आफूमा सेलिब्रेटी हुँ भन्ने एटिट्युड कहिल्यै नआउने त्रिशला बताउँछिन्।
हेर्नुस् त्रिशलाका दुई पेसा र उनको चर्चाबारे सेतोपाटीले तयार पारेको भिडिओ: