गत माघ ३० गते बृहद नागरिक आन्दोलनको क्रममा राजधानीको बसन्तुपर देखि सिंहदरबारसम्म भएको महिला मार्चको मञ्चमा उभिएका दुई अभियन्ताले 'ह्यारेसमेन्ट' खेपिरहेका छन्।
मार्चको भद्रकालीस्थित कोण सभामा भाषण गरेकी हिमा बिष्टले सिंहदरबारलाई औंला देखाउँदै सरकारलाई चुनौती दिइन्।
उनले 'माइ भजाइना विल भोट यु आउट' भन्दै गरेको भाषणलाई राजनीतिक आक्रोशभन्दा पनि अश्लिलताको रुपमा टिप्पणी गरियो। त्यस्तै उक्त मार्च क्रममा मैथिली भाषामा कविता वाचन गरेकी सपना सञ्जिवनीलाई ज्यान मार्नेदेखि बलात्कार गर्नेसम्मको धम्की आयो।
पित्तृसत्तालाई खुलेआम दिएको चुनौतीले उनीहरूले धेरै बधाइ र स्याब्बासी पनि थापे। तर उनीहरूमाथि शारीरिक रूपमा हमला गर्ने धम्की पनि आएका छन्। उनीहरूले यस्ता हमलाविरूद्ध प्रहरीको साइबर सेलमा उजुरी समेत गरेका छन्।
महिला मार्च र आफूहरूमाथि लागेको आरोपबारे सेतोपाटीमा आएर हिमा विष्ट र सपना सञ्जिवनीले संवाद गरेका छन्।
हेर्नुहोस् भिडिओ-