सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरु आलोचना गर्नैपर्छ भन्ने माइण्डसेट परिवर्तन गर्नुपर्ने टिप्पणी गरेका छन्।
राजधानीमा आयोजित अन्तरक्रियामा उनले पत्रकारहरुलाई तालिम जरुरी रहेको टिप्पणी समेत गरेका छन्।
'पत्रकारहरुलाई तालिम जरुरी छ। तालिम प्राप्त नभएका पत्रकारले विकृती र विसङ्गति जन्मिएको कुरा अहम् मम: गरौँ', मन्त्री गुरुङले भने, 'योग्यता, क्षमता, गुणस्तर विना हामी मार्केटमा विक्री हुदैँनौँ भन्ने हेक्का राख्नुपर्छ।'
उनले त्यसका लागि तालिम केन्द्र वा प्रशिक्षण प्रतिष्ठान आवश्यक रहेको बताए।
उनले पत्रकारिता सँधै प्रतिपक्षको भूमिमा रहनुपर्ने मान्यताले पत्रकािरिता सम्मानित नभएको बताए। 'पत्रकारिता भनेको सँधैभरी प्रतिपक्ष भूमिकै गर्नुपर्छ, हामीले आलोचनै गर्नुपर्छ, विरोध गरेपछि मात्रै हामी पत्रकार होइन्छ भन्ने किसिमको माइण्डसेट चेन्ज नगरेसम्म हामी पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन सक्दैनौँ', उनको भनाई थियो।
मन्त्री गुरुङले अनलाइन, फेसबुक र युट्युब दर्ता गर्न कार्यविधि आवश्यक रहेको बताए।
'अनलाइनहरु, फेसबुकहरु, युट्यबहरु नेपालमै दर्ता छैन। फिल्टर गर्ने कुनैपनि संस्था छैन। कार्यविधि ल्याउन दुरसञ्चार ऐनमै व्यवस्था छैन', गुरुङले भने, 'नियमन गर्न सकिएन। दुरसञ्चार ऐनमा त्यो ल्याउनुपर्छ। अहिले छाडा र स्वतन्त्रताको बीचमा छन्। छाडा जन्मिएको त कानुन विपरित गतिविधि गरेबाट होला।' भिडिओ-