वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले इजलासमा आएर बहस गर्न चुनौती दिएका छन्।
राजधानीमा सोमबार भएको अन्तर्क्रियामा उनले प्रधानमन्त्रीले इजलास गठनदेखि संविधानको धाराहरूको व्याख्या गरेको उल्लेख गर्दै बहसमा आउन चुनौती दिए।
थापाले प्रधानमन्त्रीलाई मुद्दामा विपक्षी बनाइएको उल्लेख गर्दै बहसमा आउन चुनौती दिएका हुन्।
थापाले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको तर्क गर्दै सर्वोच्चमा बहस गर्दै आएका छन्।
हेर्नुहोस् भिडिओ-