संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका निकट राजनीतिक सहयोगी हुन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको निर्णय लिए पनि नेम्वाङले 'त्यो गलत भएको' सार्वजनिक टिप्पणी गरेका छैनन्।
बरू अदालतमा विचाराधीन विषय भन्दै उनी पन्छने गरेका छन्।
नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषय गत २०७६ साल साउन ४ गते पत्रकारलाई प्रशिक्षण दिँदासमेत उल्लेख गरेका थिए। उनले प्रधानमन्त्रीले 'संसद विघटन गर्न सक्दैन' भनेका थिए।
काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवादमा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए। हेर्नुहोस् भिडिओ -
उनले त्यतिबेला नेपालको संसदीय प्रणाली विकृत बनेका कारण संविधानमा धेरै सुधार गरिएको उल्लेख गरेका थिए। नेम्वाङले विगतमा ५८ दिनसम्म संसद विघटन गर्ने अभ्यास गर्नु गलत भएको उल्लेख गरेका थिए।