उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले प्याजको कालोबजारी गर्ने माथि छापा मार्दा छाड्न पत्रकारहरुले फोन गरेको बताएका छन्।
प्रतिनिधि सभाको उद्योग समिति बैठकमा उनले धेरै पत्रकारले एक पटकलाई छाडिदिन भनेर फोन गरेको बताए। गत असोजमा प्याजको मुल्य बढेपछि आपूर्ती मन्त्री भट्ट आफैँ अनुगमनका लागि बल्खु र कालिमाटी बजारमा पुगेका थिए।
मन्त्री भट्टले फोन गर्ने पत्रकारको नाम भने खुलाएनन्।
उद्योग समितिले भट्टलाई उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीहरुलाई कारवाहीको विषयमा छलफलका लागि डाकेको थियो। समितिमा भट्टले नेपाली नेताहरुमा दोहोरो चरित्र रहेको बताए। उनले ट्विटरमा कारवाही गर्नुपर्छ भनेर लेख्ने नेताहरुले नै पक्राउ नगर्न भन्दै फोन गर्ने गरेको बताए। उनले आफू उद्योग मन्त्री भएकाले उद्योगको संरक्षणको विषयमा आफूले उठाउने बताए। भिडिओ -