सत्तारुढ नेकपाको विवाद सुल्टने छाँट देखिएको छैन। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले एक अर्कालाई लगाएको आरोप सहितको प्रतिवेदन माथि स्थायी समितिमा छलफल हुने कार्यसूची छ।
यसबीच संवैधानिक परिषद् सम्बन्धि अध्यादेश प्रधानमन्त्रीले जारी गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो। तर संसदको अधिवेशन डाक्ने अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहको प्रयासपछि प्रधानमन्त्री ओली अध्यादेश जारी भएको २४ घण्टामै फिर्ता लिन तयार भएका छन्।
नेकपाको स्थायी समिति बैठक पुस ५ गतेका लागि डाकिएको छ। नेकपाको विवादको निकास कसरी निस्कन्छ टुङ्गो छैन। नेकपाका तीन स्थायी समिति सदस्यहरुको धारणा -