अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति निर्वाचन हुदैँछ ।
यसपटकको निर्वाचनमा अमेरिकामा कोरोना पछिको अर्थतन्त्र, काला जाती माथिको विभेद र कोरोना भाइरसको विषय मुख्य अजेण्डाका रुपमा देखा परेका छन्।
नेपाल जस्ता साना मुलुकहरुलाई प्रभावित पारिरहेको जलवायू परिवर्तनको विषय भने यसपटक खासै प्राथमिकतामा छैनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्बन उत्सर्जन घटाउने सम्बन्धि फ्रान्सको पेरिसमा भएको सम्झौताबाट आफ्नो मुलुक बाहिरिने निर्णय गरेका थिए। यसपटकका ट्रम्पका प्रतिष्पर्धी जो बाइडनले भने पेरिस अग्रिमेन्टमा फर्कने बताएका छन्।
अमेरिकी निर्वाचनमा जलवायु परिवर्तनको मुद्दाबारे सेतोपाटीले बीबीसी विश्व सेवाका वातावरण संवाददाता नविनसिंह खड्कासँग कुराकानी गरेको छ। हेर्नुहोस् भिडिओ -