तपाईंलाई घिउ कति मन पर्छ? परिवारका सदस्यलाई मुटुसम्बन्धी समस्या भएकाले कतै घिउ खान छाड्नु भएको त छैन?
मुटु रोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी नेपालमा मुटु रोगीले घिउ खान नहुने भ्रम रहेको बताउँछन्।
'मुटु रोगीले पनि दैनिक एक चम्चा अर्थात् १५ ग्राम घिउ भातमा हालेर खान सक्छन्', रेग्मी भन्छन्, 'त्यसले मुटु रोगीलाई कुनै असर गर्दैन।'
तर तेल, घिउ, बोसोलाई आगोमा धुवाँ आउने गरी तताएर खान भने नहुने उनको सुझाव छ।
कोलस्ट्रोलले मुटुको रोग हुने भएकाले चिल्लो खान नहुने भ्रम रहेको रेग्मी बताउँछन्।
'अण्डाको पहेँलो भाग खान नहुने, घिउ खान नहुने भन्ने खालको भ्रम फैलिएको छ', रेग्मी भन्छन्, 'वास्तविकता के हो भने गुणकारी चिल्लो पदार्थ ठिक्क मात्रामा खान हुन्छ।'
यो पनि पढ्नुस्:
उनी रोटीमा घिउ दलेर वा भातमा हालेर खाँदा स्वास्थ्यलाई असर नपर्ने दाबी गर्छन्।
'दैनिक १५ ग्राम घिउ खान सकिन्छ तर अर्कोतर्फ बोसो पनि खाने अनि चिल्लो पनि खाने गरी धेरै खाँदा समस्या हुन्छ', रेग्मी भन्छन्, 'हामीले दैनिक खाने खानाको एक तिहाई क्यालोरी चिल्लोबाट लिनुपर्छ। त्यो घिउ वा तेलबाट लिन सकिन्छ। तर धेरै चिल्लो खानु हुन्न।'
भिडिओ -