कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको विषयमा कर्णाली प्रदेशका नेकपाका सांसद यमलाल कँडेलले स्पष्टीकरण दिएका छन्।
उनले साढे २ वर्षको प्रदेश सरकारको काम कारवाहीको आधारमा १८ जना सांसद एक ठाउँमा उभिएको बताए। जसमा पूर्व एमालेका १५ र पूर्व माओवादीका ३ सांसद रहेका छन्। उनले प्रदेश सरकारमा अविश्वासको प्रस्ताव आउनुको ऐतिहासिकता रहने उल्लेख गरे। साथै अविश्वासको प्रस्तावलाई लोकतान्त्रिक विधिका रुपमा ब्याख्या गरे। शाही मुख्यमन्त्रीबाट बाहिरिएको अवस्थामा कँडेल मुख्यमन्त्री बन्नेछन्।
हेर्नुहोस् कँडेलको स्पष्टीकरण-