प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्र्याकको विषयमा तीन प्रश्न उठाएको छ।
समितिले परामर्शदाता छनौट गर्दा कालो सूचीमा परेको कम्पनी छनौट गरिएको, निर्माण सम्पन्न गर्ने अवधि एकसाथ तीन वर्ष थप गरिएको र ठेक्काको पारदर्शितामा प्रश्न उठाउँदै जवाफ माग गरेको हो। फास्ट ट्र्याकको म्याद तीन वर्ष थप गर्ने विषयमा समितिले सरकारसँग जवाफ माग गरेपनि बाँकी दुई विषयमा आयोजनासँग जवाफ माग गरेको हो। समिति सभापति कल्याणी खड्काले प्रत्येक चार महिनामा प्रगति विवरण समितिमा उपलब्ध गराउन समेत निर्देशन दिएकी छिन्। भिडिओ-