पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अज्ञानता र अहंकारको ककटेल भएको टिप्पणी गरेका छन्।
भट्टराईले कोभिड–१९ को व्यवस्थापनमा असफलताको कारण सरकार र प्रधानमन्त्री केपी शर्मा ओली भएको टिप्पणी गरे । उनले कोरोनाको असर सामाजिक र आर्थिक क्षेत्रमा पर्ने बुझेर नीति बनाउन सरकार चुकेको बताए।
साथै प्रधानमन्त्री ओलीले कोभिडको गम्भीर्ता बुझ्न नसकेको बताए।
बुझ्न नसक्नुको कारण ओलीको अहंकार र अज्ञानता भएको भट्टराईको टिप्पणी छ। उनले प्रधानमन्त्रीले हाछ्युँ गरेर जान्छ भन्ने शैलीको प्रचार गर्नु गलत भएको टिप्पणी गरे।
उनले ओली र अन्य देशका मूर्ख शासकको शैली उस्तै भएको टिप्पणी गरे।