परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले नेपाली महिलाहरु परिवारकै सदस्यको बेचबिखनमा परेर खाडी मुलुक पुग्ने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको उद्योग वाणिज्य तथा श्रम सम्बन्धि समितिको बैठकमा घिमिरेले भावुक हुदैँ नेपाली महिलाले भोगेको पीडा सुनाए। उनले नेपाली महिलाहरु बलात्कृत भएर सडकमा मिल्काइएको अवस्थामा फेला पारेको घटना सुनाउँदा आँखाबाट आँसु झारे। उनले परिवार र आफन्तले नै त्यसरी नेपालीहरुलाई ओसारपसार र बेचबिखन गर्ने गरेको बताए।
उनले आफू कार्यरत रहेका बेला ५ देखि ६ हजार महिला साउदी अरब पुगेको र बिचल्ली पर्न थालेपछि लैजाने व्यक्तिको रेकर्ड राखेको उल्लेख गरे। ‘हामीले यसरी महिला पठाउने ४३ जनाको नाम टिपेर काठमाडौं पठायौँ’, घिमिरेले भने, ‘तर जो अफिसरले त्यस्तो नाम उल्लेख भएको पत्रमा हस्ताक्षर गरेको थियो। उसलाई नै धम्की आयो। अफिसर नै विक्षिप्त बन्ने अवस्था आयो।
हेर्नुस् समितिमा घिमिरेले राखेको विचार –