नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभाको सदस्य बन्दैछन्। सत्तारुढ नेकपाले मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरिसकेको छ। राष्ट्रिय सभामा गौतमको आगमनको स्पष्ट कारण छ - मन्त्री बन्ने।
बर्दियाबाट गत प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपनि वामदेव सत्तारुढ नेकपाको अङ्कगणितमा महत्वपूर्ण स्थानमा छन्। नेकपाको सचिवालयमा उनी माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको खेमामा लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता धरमराउने गरेको छ। त्यसैले गौतमलाई भेट्न प्रधानमन्त्री ओली उनको भैँसेपाटी स्थित निवास पुग्छन्। अनि अर्का अध्यक्ष प्रचण्ड पनि गौतमको दैलो पुग्छन्।
उमेरले ७२ वर्ष पूरा गरेका गौतम तत्कालिन एमालेको विधान अनुसार नेकपा चलेको भए यतिबेला राजनीतिबाट रिटार्यड हुने थिए। तर उनी सत्ता राजनीतिको केन्द्रमा छन्।
कसरी राजनीतिको मियो बनिरहे त वामदेव गौतम? भिडिओ हेर्नुहोस् -